Logo
५ आश्विन २०८१, शनिबार
(June 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेभेरोदोनेत्स्क र लिसिचान्स्क ‘मृत शहर’ मा परिणत : युक्रेनी राष्ट्रपति जेलेन्स्की

रूसी सेनाको हमलाका कारण दोनबास क्षेत्रको सेभेरोदोनेत्स्क र लिसिचान्स्क ‘मृत शहर’मा परिणत भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । आफ्नो दैनिक सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले सेभेरोदोनेत्स्कलाई पुनः कब्जा गर्ने युक्रेनी सेनालाई ‘प्रत्येक अवसर’ भएको बताए ।

सेभेरोदोनेत्स्क दोनबास क्षेत्रको रणनीतिक रूपमा महत्वपूर्ण सहर हो, जहाँ रुसी सेनाले पछिल्ला दिनमा आफ्नो आक्रमणलाई केन्द्रित गरेको छ । यसैबीच, विश्व खाद्य संकट निम्त्याएको भन्दै आफ्नो देशलाई दोष दिएपछि राष्ट्र संघको सुरक्षा परिषद्को बैठकबाट रुसी का राजदूत बाहिरिएका छन् ।

युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेलले रुसले विकासोन्मुख देशविरुद्ध ‘गोप्य मिसाइल’ को रूपमा खाद्य आपूर्तिहरू प्रयोग गरिरहेको आरोप लगाए ।

प्रकाशित मिति: Jun 7, 2022

प्रतिक्रिया दिनुहोस्