Logo
५ आश्विन २०८१, शनिबार
(June 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हाम्रा छोरीचेलीहरू दिनहुँ असुरक्षित भइरहेका छन्ः सुवेदी

माओवादी केन्द्रकी सांसद पूर्णाकुमारी सुवेदीले पछिल्लो समय देशमा सामूहिक बलात्कारका घटना बढेको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेकी छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समयमा समय लिएर बोल्ने क्रममा सांसद सुवेदीले सरकारले यसलाई न्यूनीकरण गर्नुपर्ने बताइन् ।

‘बाँके, बर्दियाको सीमामा पर्ने जंगलमा मदिरा खुवाएर बालिका बलात्कारका घटना भएका छन् । छोरीचेलीमाथि बलात्कारका घटना दिनहुँ बढिरहेका छन् । दैनिक सामूहिक बलात्कारका घटना बढिरहेकाले यसमा संलग्नमाथि कारबाही गर्न आवश्यक छ,’ उनले भनिन् ।

प्रकाशित मिति: Jun 7, 2022

प्रतिक्रिया दिनुहोस्