Logo
५ आश्विन २०८१, शनिबार
(June 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भरतपुरमा कटुवा पेस्तोलसहित एक जना पक्राउ

भरतपुर महानगरपालिका–५ श्रृष्टि चोकबाट एक थान कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ गर्नेमा सोही महानगरपालिका–६ बस्ने ४० वर्षीय दिपक पुन छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ना.४५ प २७१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार पुनलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: Jun 6, 2022

प्रतिक्रिया दिनुहोस्