Logo
४ आश्विन २०८१, शुक्रबार
(June 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिमकोटमा तीन महिने सिलाइकटाई तालिम सुरु

सिमकोट गाउँपालिकामा तीन महिने सिलाइकटाई तालिम सुरु भएको छ । सहारा समूहको आयोजनामा सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा विपन्न महिला र फरक क्षमताका व्यक्तिका लागि सिलाई कटाई तालिम सुरु भएको हो ।

तालिमको प्रमुख जिल्ला अधिकारी सिता परियार र जिल्ला समन्वय समिति हुम्लाका समन्वय प्रमुख दान बहादुर रावतले तालिमको उद्घाटन गरेका हुन् । तालिमको उद्घाटन गर्दै रावतले प्रतिस्पर्धात्मक युगमा आय आर्जन मूलक सीप अति आवश्यक रहेको बताएका थिए ।

प्रमुख जिल्ला अधिकारी नेपालीले सीपले मानिसलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने भएकाले राम्रोसँग बुझेर सिलाइकटाएको तालिम लिन आग्रह गरिन् ।

 

 

प्रकाशित मिति: Jun 2, 2022

प्रतिक्रिया दिनुहोस्