Logo
११ मंसिर २०८१, मंगलबार
(June 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजेट कार्यान्वयनमा शंका : ईस्तियाक राई

जनता समाजवादीका मोहम्मद ईस्तियाक राईले बजेट कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेटको स्रोत सुनिश्चित नभएको भन्दै कार्यान्वयनमा आशंका व्यक्त गरेका हुन् ।

साथै कुनै समूह र व्यक्तिलाई पोस्न गरी बजेट ल्याइएको हो कि भन्ने शंका लागेकाले यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने उनको माग छ ।

प्रकाशित मिति: Jun 2, 2022

प्रतिक्रिया दिनुहोस्