Logo
४ आश्विन २०८१, शुक्रबार
(June 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संखुवासभामा पहिरोमा पुरिएर २ जनाको मृत्यु

चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरोमा पुरिएर २ जनाको बुधबार दिउँसो मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सुनसरी धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय राम कुमार राई र उदयपुर चौदण्डीगढी नगरपालिका–६ बस्ने २० वर्षीय हेम बहादुर मगर रहेका छन् ।

चैनपुर नुनढाकी सडकमा तार जाली पर्खाल लगाउने क्रममा माथिबाट सुख्खा पहिरो झरेर पुरिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

उद्दार कार्यको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: Jun 1, 2022

प्रतिक्रिया दिनुहोस्