Logo
४ आश्विन २०८१, शुक्रबार
(June 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान किन फर्कियो काठमाडौं ?

काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं नै फर्काइएको छ । बुद्ध एयरको ९५३ नम्बरको उडानको जहाज भद्रपुरमा अवतरण नगरी काठमाडौं फर्किएको हो ।

बुधबार बिहान १०ः४३ मा काठमाडौंबाट उडेको विमान ११ः६ बजे पुनः काठमाडौं नै फर्किएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

विमानको टायरको बाहिरी लेयर उत्रिएको पाइएपछि पुनः काठमाडौं नै फर्काइएको हो । विमानको अरू अवस्था सामान्य रहेको र प्राविधिक जाँच भइरहेको उनको भनाइ छ ।

काठमाडौंबाट ३० नटिकल माइल उडेको विमान आकाशबाटै पुनः काठमाडौं फर्किएपछि केही समय विमानस्थल अवरुद्ध भएको थियो । ६९ यात्रु सवार विमानमा समस्या आएपछि काठमाडौं फर्काइएर बुद्ध एयरकै अर्को विमानमार्फत यात्रुहरूलाई भद्रपुर पठाइएको छ ।

प्रकाशित मिति: Jun 1, 2022

प्रतिक्रिया दिनुहोस्