Logo
४ आश्विन २०८१, शुक्रबार
(June 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैतडीमा भरूवा बन्दुक सहित दुई जना पक्राउ

सुदुर पश्चिम प्रदेश स्थित डिलासैनी गाउँपालिका–४ नुवाकोट भन्ने स्थानबाट दुई थान भरूवा बन्दुक सहित दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दोगडाकेदार गाउँपालिका–८ बस्ने ४० वर्षीय हिक्मत बहादुर बिष्ट र डिलासैनी गाउँपालिका–४ नुवाकोट बस्ने २१ वर्षीय राजेन्द्र बहादुर बिष्ट रहेका छन् ।

प्रहरी चौकी धामीगाँउबाट खटिएको प्रहरीले उनीहरूलाई चौसालको जंगलबाट दुई वटा जंगली घोरल मारी ल्याउँदै गरेको अवस्थामा उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

वन कार्यालयसँग समन्वय गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: Jun 1, 2022

प्रतिक्रिया दिनुहोस्