Logo
४ आश्विन २०८१, शुक्रबार
(May 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वर्षासँंगै भक्तपुरमा बाढीपहिरोको चिन्ता, विपद कार्ययोजना बनाउन निर्देशन

वर्षायाम सुरू भएसँगै हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि चाँगुनारायण नगरपालिकाकाले कार्ययोजना बनाउने भएको छ । यसका लागि नगर प्रमुख जीवन खत्रीले विपद् व्यवस्थापन कार्ययोजना बनाउन सोमबार निर्देशन दिएका छन् ।

जोखिम न्यूनीकरणका लागि नगर प्रमुख खत्रीले नगरस्तरीय विपद् व्यवस्थापन कार्ययोजना बनाउन निर्देशन दिएका हुन् ।
भक्तपुरमा चारवटा नगरपालिका छन् ।

त्यसमध्ये भक्तपुर र मध्यपुर थिमि पुरानो नगरपालिका हुन् । सूर्यविनायक र चाँगुनारायण नयाँं नगरपालिका हुन् । यसअघि गाउँं विकास समिति मिलाएर नगरपालिका बनाइएको हो । यही कारण दुईवटा नगरपालिकामा घडेरीहरूको विकास त्यति हुन सकेकाे छैन।

यी नगरपालिका क्षेत्रहरू गाउँंबस्तीका छन् । जंगल छन् । पहाडी क्षेत्रका रूपमा छन् । यही कारण यहाँं प्रत्येक वर्ष बाढीपहिरोको जाेखिम बढ्ने गरेको हुन्छ । प्रत्येक वर्ष वर्षासँंगै यहाँं बाढीपहिरोले बस्तीहरू जोखिममा पर्ने गरेका छन् ।

कुनै वर्ष ठूल्ठूला दुर्घटनासमेत हुने गरेका छन् ।यही विषयवस्तुलाई मध्यजनर गरी यस्तो निर्देशन दिएको मेयर खत्री बताउँंछन् ।

चाँगुनारायण नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको अन्तरक्रियामा नगर प्रमुख खत्रीले चाँगुनारायण नगरपालिका विभिन्न प्राकृतिक प्रकोपको जोखिममा रहेकाले विपदबाट हुने क्षति कम गर्न र विपद् प्रभावितको तत्काल उद्धार र राहत पुग्ने कार्यक्रम समावेश गरी कार्ययोजना बनाउन निर्देशन दिए ।

विभिन्न महामारीजन्य रोग र प्राकृतिक प्रकोपको रोकथाम नियन्त्रणका लागि सरोकारवालासँग अन्तरक्रिया तथा आरआरटी स्वास्थ्यकर्मी परिचालन कार्यक्रममा उनले चाँगुनारायणवासीलाई स्वस्थ बनाउन स्वास्थ्यकर्मीहरूको भूमिका महत्त्वपूर्ण हुने पनि बताए ।

उनले नागरिकको स्वास्थ्यका सन्दर्भमा कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै नगरपालिकाबाट प्रदान गरिने सेवालाई जनमैत्री बनाइनेसमेत बताए ।

बुढानिलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत कुमारप्रसाद दाहालले समयमै योजना बनाएर काम गर्दा विपदबाट हुने क्षतिलाई कम गर्न सकिने बताए ।

चाँगुनारायण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले नगरपालिकाले महामारी नियन्त्रणका लागि काम गरिरहेको बताए । उनले आगामी दिनमा थप योजना बनाएर काम गरिनेसमेत बताए । कार्यक्रममा विभिन्न वडाका जनप्रतिनीिध, स्वास्थ्यकर्मीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति: May 31, 2022

प्रतिक्रिया दिनुहोस्