Logo
३० कार्तिक २०८१, शुक्रबार
(April 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भरतपुर महानगरको मेयरमा रेनु दाहालको उम्मेदवारी दर्ता

नेकपा माओवादी केन्द्रकी रेनु दाहालले चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।

सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले उम्मेदवार भागवण्डाका क्रममा भरतपुरको मेयर माओवादी केन्द्रले लिने सहमति गरेका थिए ।

सोमबार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेकी हुन् । मनोनयन दर्ता गराउन उम्मेदवार दाहाल नेपाली काँग्रेसकी प्रदेश सांसद गीता वाग्ले, नेपाली काँग्रेसबाट उपमेयरका उम्मेदवार चित्र सेन अधिकारी, माओवादी केन्द्रका नेता मधु न्यौपानेसहित पुगेकी थिइन् ।

प्रकाशित मिति: Apr 25, 2022

प्रतिक्रिया दिनुहोस्