हटौंडा उपमहानगरपालिकाको मेयरमा एकीकृत समाजवादीबाट दुई जना दाबेदार
हेटौंडा उपमहानगरपालिकाको मेयरमा एकीकृत समाजवादीबाट दुई जना दाबेदार देखा परेका छन् ।एकीकृत समाजवादीका नेताहरूका अनुसार मेयरको उम्मेदवारमा श्रीधर पोखरेल वा मिना लामाको सम्भावना बढी छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित सत्तारुढ गठबन्धनमा हटौंडा उपमहानगरपालिकाको मेयर एकीकृत समाजवादीले पाउने सहमति भइसकेको छ ।
हेटौँडाको राजनीति बुझ्नेहरू मेयर निर्वाचित हुन काँग्रेस मतदाताको विश्वास जित्ने र एमालेको भोट काट्न सक्नुपर्ने बताउँछन् । यसका लागि समन्वयकारी भूमिकामा पोखरेल उपयुक्त हुन सक्ने उनी पक्षका नेताहरू बताउँछन् ।