Logo
३० कार्तिक २०८१, शुक्रबार
(April 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोक्राहा-नरसिंह अध्यक्षमा राजेन्द्रको उम्मेदवारी : यी हुन् वडाअध्यक्षका यूवा दावेदारहरु

नेपाली कांग्रेसको गढ मामनिने प्रदेश १ स्थित सुनसरीमा नयाँ नयाँ दावेदारीहरु पर्न थालेका छन् । भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्षमा स्थानीय कांग्रेस नेता राजेन्द्रप्रसाद मेहताले उम्मेदवारी दावी गरेका छन् ।

अन्य धेरै जना आकांक्षीहरु रहेपनि मेहताले भने आफ्नो नाम अग्र स्थानमा रहेको दावी गरेका छन् । भोक्राहा नरसिंह वडा नम्बर–७ का मेहता नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका हुन् ।

उनी पार्टी संगठनमा क्षेत्रीय सचिवसम्म भएका छन् । यद्यपी गठबन्धन भए उक्त पालिका जनता समाजवादी पार्टीको भागमा पर्ने संघावना देखिएको छ ।

ओमप्रकाश मेहता, देवानगंज १

यसैबीच विभिन्न पालिकाका वडा अध्यक्षहरुमा नयाँ अनुहारको रुपमा युवाहरुको उम्मेदवारी पर्न थालेका छन् । देवानगँज वडा नम्बर १ मा ओम प्रकाश मेहताले उम्मेदवारी दावी गरेका छन् ।

उनी नेपाली कांग्रेसको वडा सभापति पनि हुन् । यहाँको निर्वाचित वडाअध्यक्ष सुर्यनारायाण पाल हुन् भने उनी तत्कालिन लोकतान्त्रिक फोरमका उम्मेदवार थिए ।

हाल उनी कांग्रेसको पालिका कार्यसमिति सचिव हुन् । यहाँ काग्रेसका तत्कालिन वडाअध्यक्ष दावेदार भने सुरेन्द्र यादव थिए । यादव यस पटक पनि दावेदार रहेका छन् ।

इरफान अन्सारी, हरिनगर ४

यता, हरिनगर गाउँपालिका वडा नम्बर ४ का लागि वडाध्यक्ष पदमा इरफान अन्सारीले उम्मेदवारी दावी गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट पाएर वडा सदस्य पदमा पराजित भएका अन्सारीले यसपटक वडाध्यक्ष पदका लागि आफु योग्य रहेको भन्दै दावी प्रस्तुत गरेका हुन् ।

यस वडामा महिला सहित १४ जना वडाध्यक्ष आकांक्षी देखिएपनि अन्सारीले आफू बलियो उम्मेदवार रहेका दावी गर्दै आएका छन् ।

उता इनरुवा नगरपालिका वडा नम्बर १० जल्पापुर का लागि नेपाली कांग्रेसमा ८ जनाको नाम सिफारिस भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा यहाँ नेकपा एमालेबाट सुल्तान मियाँ निर्वाचित भएका थिए ।

वडाध्यक्षका लागि यहाँबाट ऐयुव मियाँ, हाजी खलिल मियाँ, ओली मोहम्मद, खलिल अख्तर, खलिल मियाँ (पैकार) , सबरुन खातुन, एैजुब मियाँ (मोटो) र बसिर मियाँको नाम पार्टीको स्थानीय समितिबाट सिफारिस भएको हो ।

रोजेश मेहता, भोक्राहा नरसिंह १

त्यस्तै भोक्राहा नरसिंहको वडा नम्बर १ को वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसका राजेश मेहताले उम्मेदवारी दावी गरेका छन् । मेहता नेपाल विधार्थी संघको राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन् ।

प्रकाशित मिति: Apr 10, 2022

प्रतिक्रिया दिनुहोस्