कर्णाली सरकारद्वारा स्टाफ नर्सदेखि सब इन्जिनियरसम्म दरखास्त आह्वान
कर्णाली प्रदेश सरकारले स्वयंसेवक परिचालन कार्यक्रममा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।
र्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा १२/१२ जना मागिएको छ । सुकालिकोट र जुम्लामा १४-१४ जना तथा मुगु, डोल्पा र हुम्लामा १५१५ जना मागिएको छ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले हेल्थ असिस्टेन्ट, ल्याब असिस्टेन्ट, स्टाफ नर्स, सब इन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक (शिक्षा) अनमी, अहेव, कृषि (जेटिए), अ.सब इन्जिनियर, भेटनरी जेटिए, इलेक्ट्रिकल सब इन्जिनियर र अमिन गरी १३३ जना मागेको हो ।
यो कार्यक्रममा स्वयंसेवक भएर काम गर्नुपर्नेछ, प्रदेश सरकारले पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउनेछ।
योग्यता पुगेका १८ वर्ष पुरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन दिन कुनै शुल्क लाग्नेछैन ।