एआईजी बढुवा सिफारिसविरुद्धको रिटको पेसी आज पनि एकल इजलासमा
एआईजी बढुवा सिफारिसविरुद्धको रिटको पेसी आज पनि एकल इजलासमा तोकिएको छ । एआईजी पदमा बढुवा सिफारिस गर्दा विभेद गरेको भन्दै तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) ले दायर गरेको रिटको आज पनि पेसी तोकिएको हो ।
पटक पटक सुनुवाई रोहिएका रिटकोे न्यायाधीश डा कुमार चुडालको एकल इजलासमा पेसी तोकिएको हो । यही १७ चैतमा डीआईजी ईश्वरबाबु कार्की, २० चैतमा घनश्याम अर्याल र प्रकाशजंग कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् ।
उनीहरूले रिटमार्फत कनिष्ट डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय बदरको माग गरेका छन् ।मन्त्रिपरिषद् बैठकले सोही दिन डीआईजीहरू वसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।