एआइजी बढुवा निर्णयविरुद्धको रिट आज पनि हेर्न नमिल्ने सूचीमा
सर्वोच्च अदालतमा एआइजी बढुवा निर्णयविरुद्धको रिट आज पनि हेर्न नमिल्ने सूचीमा परेको छ ।
नेपाल प्रहरीका तीन प्रहरी डिआइजीलाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदन आज पनि हेर्न नमिल्नेमा सूचीमा परेको छ ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा आज सुनुवाइ तोकिएको भए पनि हेर्न नमिल्ने सूचीमा राखिएको छ ।सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार न्यायाधीश रेग्मीले उक्त विवाद हेर्न नमिल्ने थियो तर गोला प्रक्रियाबाट पेसी तोक्दा उनकै इजलासमा पर्यो ।
त्यसैले आज पनि सुनुवाइ हुन सकेन ।एआइजी बढुवाविरुद्ध डिआइजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश जङ्ग कार्कीले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।
मन्त्रिपरिषद् बैठकले डिआइजी धीरजप्रताप सिंह, वसन्त पन्त र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।