Logo
८ पुस २०८१, सोमबार
(April 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीन डीआईजीको मुद्दा न्यायाधीश रेग्मीको इजलासमा

नेपाल प्रहरीको एआईजीका लागि भएको बढुवा सिफारिसमा असन्तुष्ट डीआईजीहरूले दायर गरेको रिटमा आज पनि सुनुवाइ हुँदैछ ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा मुद्दाको पेसी तोकिएको छ । हिजो रेग्मीकै इजलासमा सुनुवाइ तोकिएकोमा ‘हेर्न नमिल्ने’ मा राखिएको थियो ।

डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले वरीयता मिचेर एआईजीमा बढुवा गरेको भन्दै विहीबार सर्वोच्चमा रिट दायर गरेका थिए । निवेदकले बढुवासम्बन्धी निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश मागेका छन् ।

उनीहरूले सर्वोच्च जानुअघि बढुवाविरुद्धको सुनुवाइ समितिमा उजुरी दिएका थिए । समितिले कैफियत नदेखिएको ठहर गरेपछि विहीबार बिहानको मन्त्रिपरिषद् बैठकले वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रप्रताप धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: Apr 4, 2022

प्रतिक्रिया दिनुहोस्