Logo
१२ मंसिर २०८१, बुधबार
(April 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनावी तालमेलको लागि मधेश प्रदेशमा गठबन्धनको बैठक

स्थानीय तहको चुनावको तालमेलको लागि मधेश प्रदेशमा गठबन्धनका लागि सत्ता दलहरूको बठक बस्न लागेको छ ।

नेपाली कांग्रेसको मधेश प्रदेश कार्यालयमा मधेश प्रदेशमा आगामी बैशाख ३० गते हुने स्थानीय तहमा पनि चुनावी गठबन्धन र तालमेलबारे छलफल गर्नका लागि सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो ।

बैठकमा चार दलको बैठक बस्न लागेको नेकपा माओवादी केन्द्र मधेस प्रदेशका सचिव योगकुमार बरबरीया जीवनले जानकारी दिए ।सो बैठकमा सहभागी दलले आ-आफ्नो पार्टी संगठनको अवस्थाबारे, चुनावी तालमेल र गठबन्धनको विषयमा छलफल गरिने सचिव बरबरीयाले बताए ।

आज बस्न लागेको गठबन्धन दलको बैठकमा माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल दलहरू सहभागिता हुनेछ ।

आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विभिन्न कार्यक्रम रहेकाले बैठक केही ढिला गरी सुरु हुने उनले भने ।

आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि मधेस प्रदेशमा रहेको चार दलीय गठबन्धनको बैठक पहिलो पटक हुन लागेको छ ।

स्थानीय तहको निर्वाचनका लागि सबै दलका प्रमुख नेताहरू अहिले मधेश केन्द्रित भएका छन् ।

प्रकाशित मिति: Apr 3, 2022

प्रतिक्रिया दिनुहोस्