आज सेयर बजारमा दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
सेयर बजारमा आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३०.८९ अङ्कले घटेर २५ सय १३.४१ अङ्कमा झरेको हो ।
‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.४४ अङ्कले घटेको छ । उता कारोबार रकम पनि सुस्ताएको छ । आइतबार कारोबार रकम डेढ अर्ब पनि पुगेन ।
दिनभर भएका २८ हजार ११३ कारोबारबाट २२५ धितो पत्रका ३२ लाख ५३ हजार ८१६ कित्ता सेयर किनबेच भएका छन् ।जसबाट कारोबार रकम १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैयाँमा रोकिएको छ ।