Logo
८ पुस २०८१, सोमबार
(April 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधव नेपालसहितका १४ सांसदको मुद्दा ‘हेर्न नमिल्ने’मा

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध नेकपा एमालेले दिएको रिटको आइतबार पनि सुनुवाइ नहुने भएको छ ।

सांसद सोमप्रसाद पाण्डे संलग्न एक मुद्दामा आफूले आदेश गरेकाले अहिले उनीसमेत विपक्षी भएको रिटको सुनुवाइ गर्न नमिल्ने भनी न्यायाधीश सुवेदीले इजलासमा जानकारी गराएका स्रोतले बताएको छ ।

न्यायाधीशहरू अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको उक्त मुद्दा न्यायाधीश सुवेदीले आफूले हेर्न नमिल्ने बताएका छन् ।

 

प्रकाशित मिति: Apr 3, 2022

प्रतिक्रिया दिनुहोस्