Logo
९ पुस २०८१, मंगलबार
(April 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चमा माधव नेपालसहित १४ सांसद विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

सर्वोच्च अदालतले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित १४ जना सांसदविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि आइतबारदेखि सुनुवाइ गर्ने भएका छ ।

एमालेबाट अलग हुनु अघि नै नेपालसहितका १४ जना सांसदहरूलाई दलबाट कारबाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना जारी नगरेको भनी ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

एमालेले यही एजेण्डालाई अघि सारेर प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गरेको थियो ।एमालेले नेकपा (एकीकृत समाजवादी) दल दर्ताको प्रक्रियामाथि नै प्रश्न उठाएर निर्वाचन आयोगविरुद्ध समेत मुद्दा हालेको छ ।

साथै उसले झलनाथ खनाल बाहेकका १४ सांसदलाई कारवाहीको पत्र पठाएकोमा त्यसबारे सभामुखबाट कुनै निर्णय नगरी निर्वाचन आयोगले जबरजस्ती अर्को दल दर्ता गरेको आरोप पनि लगाएको छ ।

यी दुई विवाद जोडिएका मुद्दामा यसअघि नै सर्वोच्च अदालतबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश डा. कुमार चुडालको छुट्टा छुट्टै इजलासले अन्तरिम आदेश दिएको थिएन ।

ओलीले दर्ता गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आइतबारदेखि सुनुवाइ गर्दैछ ।

प्रकाशित मिति: Apr 3, 2022

प्रतिक्रिया दिनुहोस्