अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा : राष्ट्रसङ्घ
अफगानिस्तानको मानवीय अवस्थालाई मूल्याङ्कन गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा रहेको बताएका छन्।
गुटेर्रेसले अफगानिस्तानको अर्थतन्त्र ध्वस्त भएको र संयक्त राष्ट्रसङ्घ र यसका साझेदारहरूले जीवन बचाउने सहायता प्रदान गर्न जारी राख्नका लागि दाताहरूलाई सहयोगका निम्ति आह्वान गरेका छन्।
उनले ट्विटरमा लेखेका छन् , ‘विगतका महिनाहरूमा अफगानिस्तानमा मानवीय अवस्था डरलाग्दो रूपमा बिग्रिएको छ। नब्बे लाख मानिसहरू भोकमरीको जोखिममा छन्। अर्थव्यवस्था ध्वस्त भएको छ।’
गत वर्ष अगस्टमा अफगान सरकारको पतन र तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा मानवअधिकारको अवस्था नाजुक भएको छ।
देशमा द्वन्द्व समाप्त भए पनि मानवअधिकारको गम्भीर उल्लङ्घन जारी छ । तालिबानले गैर न्यायिक मृत्युदण्ड, जबरजस्ती बेपत्ता, यातना, स्वेच्छाचारी नजरबन्द, महिला र केटीहरूको अधिकारको ठुलो रोलब्याक, सेन्सरशिप र मिडिया विरुद्ध आक्रमणहरू सहित मानवअधिकार उल्लङ्घनहरू जारी राखेको छ।
यसबाहेक अफगानिस्तानका मानिसहरूले पनि अभूतपूर्व मानवीय सङ्कटको सामना गरिरहेका छन् जुन अन्तर्राष्ट्रिय समुदाय, विशेष गरी अमेरिकाले अफगानिस्तानलाई सहायता कोष र विश्वव्यापी वित्तीय प्रणालीमा पहुँच गर्नबाट रोकेको निर्णय यथावत् छ ।
The humanitarian situation in Afghanistan has deteriorated alarmingly in past months.
9 million people are at risk of famine. The economy has effectively collapsed.
I call on donors to fund our appeal urgently so that the UN & partners can continue to deliver lifesaving aid.
— António Guterres (@antonioguterres) March 31, 2022