Logo
१२ मंसिर २०८१, बुधबार
(March 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जाँचबुझ आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण

मधेश प्रदेशका प्रमुख हरिवंश मिश्रले जाँचबुझ आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रदेशसभाको बैठकबाट पारित ‘जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’ प्रदेश प्रमुख मिश्रले प्रमाणीकरण गरेका हुन् ।

उनले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम सो विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: Mar 31, 2022

प्रतिक्रिया दिनुहोस्