युक्रेनी राष्ट्रपतिद्वारा मारियुपोल शहर जोगाउन पश्चिमा राष्ट्रसँग थप सहयोग माग
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारियुपोल शहर रुसी कब्जामा जानबाट रोक्न मुश्किल भएको बताएका छन् । पश्चिमा राष्ट्रहरुसँग थप हातहतियार सहयोग माग्दै उनले तत्काल शक्तिशाली सहयोग प्राप्त नभए मारियुपोललाई जोगाउन नसकिने बताएका हुन् ।
युक्रेनका लागि युद्धक विमान, ठूला ट्यांक र मिसाइल आवश्यक रहेको भन्दै जेलेन्स्कीले एन्टी-सिप हतियार पनि चाहिएको बताए । पश्चिमा देशहरुका हतियार गोदाममा धूलो लागेर बसेका छन् भन्दै उहाँले युक्रेनको रक्षाका लागि ती हतियार उपयोगी हुने बताए ।
युक्रेन मात्रै नभएर बाल्टिक क्षेत्र नै रुसी आक्रमणको निशानामा आएको भन्दै जेलेन्स्कीले युक्रेनपछि पोल्याण्ड, स्लोभाकिया र पूर्वी युरोप नै रुसी आक्रमणको निशानामा पर्ने चेतावनी पनि दिए ।
नेटोसँग रहेका ट्यांक र लडाकु विमानमध्ये युक्रेनलाई एक प्रतिशत मात्रै भए पुग्ने भन्दै उहाँले सहयोग माग्दा माग्दै ३१ दिन बितेको गुनासो पनि गरे ।