नेप्से परिसूचक दोहोरो अंकले घट्यो
आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १४.६७ अंकले घटेर २ हजार ६ सय १६ अंकमा झरेको हो । नेप्से परिसूचक घटेसँगै कारोबारमा पनि धेरै वृद्धि देखिएन ।
उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.०१ अंकले घटेको छ । दिनभर भएका ३५ हजार २१२ कारोबारबाट २२४ कम्पनीका ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर किनबेच भएका छन् ।
जसअनुसार कारोबार रकम २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँमा रोकिएको छ ।