ट्युनिसियाको उत्तरी समुद्री किनारमा कम्तीमा २० अवैध आप्रवासीको शव प्राप्त
ट्युनिसिया उत्तरी समुद्री किनारा नबेयलमा अवैध आप्रवासीहरूको शव प्राप्त भएको छ ।यो समेत गरी यस क्षेत्रमा कम्तीमा पनि २० ओटा शव भेटिएको यहाँको एक रेडियो स्टेसनले जनाएको छ । शनिबार पनि थप आठ शव भेटिएको बताइएको छ ।
यहाँको रेडियो सेम एफएमले शनिबार दिएको समाचार अनुसार यसअघि गत शुक्रबार ट्युनिसियाको सो समुद्री किनारामा १२ ओटा शव भेटिएको थियो र शनिबार थप ७ जनाको शव भेटिएको हो ।
ट्युनिसियाको सो समुद्री किनारा युरोप जाने आप्रवासीहरूले प्रयोग गर्ने गरेको एक मुख्य नाका पनि हो ।उनीहरु अवैध रुपमा युरोप प्रवेश गर्ने क्रममा सो क्षेत्रमा पुगेका र दुर्घटनामा परेका अनुमान गरिएको ट्युनिसियाली प्रहरीले जानकारी दिएको छ ।