Logo
१२ मंसिर २०८१, बुधबार
(March 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्राधिकरणद्वारा बक्यौता नतिर्ने सात वायुसेवा कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी

सरकारलाई बक्यौता नतिर्ने सात वायुसेवा कम्पनीलाई प्राधिकरणद्वारा कालोसूचीमा राख्ने चेतावनी दिएको छ । बक्यौता नागरिक उड्डयन प्राधिकरण ऐन, २०६७ अनुसार असुल गरी ती कम्पनी र व्यक्तिलाई हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै काम तथा व्यापार गर्न नपाउने गरी कालोसूचीमा राख्ने चेतावनी दिइएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले रकम बुझाउन पटक-पटक पत्राचार गरी तीन पटक सार्वजनिक सूचनासमेत जारी गरिए पनि अटेरी गरिएपछि पुनः सार्वजनिक सूचना जारी गरेर सात दिनभित्र ९ करोड १६ लाख बक्यौता रकम तिर्न भनेको छ ।

बक्यौता नतिर्नेमा दीपमणि राजभण्डारी अध्यक्ष रहेको नेकोन एयर, मणिन्द्रलाल रंजितकारको शिवानी एयर, प्रज्वल श्रेष्ठसहितको गोरखा एयर, प्रज्ञानसमशेर जबरासतिको माउन्टेन एयर, रवीन्द्रप्रसाद प्रधानसहितको कस्मिक एयर, आंगछिरिङ शेर्पासहितको स्काइलाइन एयरवेज र प्रज्वल श्रेष्ठसहितको एयर काष्ठमण्डप वायुसेवा कम्पनी रहेका छन् ।

प्राधिकरणका अनुसार नेकोनले ४ करोड ७२ लाख २५ हजार, शिवानीले ५५ लाख ५१ हजार,गोरखाले २० लाख ३५ हजार, माउन्टेन एयरले ६ लाख १० हजार कस्मिकले ३ करोड ४७ लाख, स्काइलाइनले ७ लाख ८० हजार र काष्ठमण्डपले ७ लाख ३८ हजार तिर्न बाँकी छ ।

 

प्रकाशित मिति: Mar 20, 2022

प्रतिक्रिया दिनुहोस्