Logo
८ मंसिर २०८१, शनिबार
(March 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिथिला मध्यमा परिक्रमा जनकपुरधामको अन्तरगृह परिक्रमा गरी सम्पन्न

तराई मधेशको महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न भएको छ ।शुक्रबार बिहान जनकपुरधामको अन्तरगृह परिक्रमा गरी १५ दिने पद यात्रा मिथिला मध्यमा परिक्रमा सम्पन्न भएको हो ।

मध्यमा तथा अन्तगृहम परिक्रममा यसवर्ष पनि लाखौ श्रद्धालुह सहभागि भएका छन् । अन्तरगृहम परिक्रममा तिर्थालु तथा श्रद्धालुको झनै भीड लागेको थियो ।

परिक्रमा गर्दा विभिन्न प्रकारका रोग, दुःख, कष्ट कलेशबाट मुक्ति एवंम नोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वास रहि आएको छ । परिक्रमा सकिएपछि यसमा सहभागि भएका लाखौ श्रद्धालुहरु आ आफ्ना गन्तव्य तर्फ लागेका छन् ।

फागुन औसींका दिन कचुरी मिथिलाबिहारी नगरपालिका स्थित मिथिलाविहारी मन्दिरबाट परिक्रमा सुरु भएको थियो । मिथिला बिहारी ९रामजानकी० को डोला जनकपुर ल्याएपछि विभिन्न मठमन्दिरका डोला समाहित भएर परिक्रमा प्रारम्भ हुने गर्दछ । फागु पूर्णिमा आर्थात अजकै दिन जनकपुरको अन्तर गृह परिक्रमा गरी सम्पन्न हुने गर्दछ ।

परिक्रममा यस वर्ष पनि लाखौं संख्यामा श्रद्धालुभक्तजनहरु सहभागि भएका छन् । रामजानकीको डोलासँगै परिक्रमा गर्दा विभिन्न प्रकारका रोग, दुःख, कष्ट कलेशबाट मुक्ति एवंम नोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वास रहिआएको छ ।

परिक्रमा धनुषा, महोत्तरीका दर्जनौ धार्मिक ऐतिहासिक ठाँउहरुको ९० किलो मिटर र छिमेकी मुलुक भारतको ३० किलो मिटर गरि जम्मा १ सय २० किलो मिटर भु-भागको यात्रा गरिन्छ ।

वृहत्त, मध्य र अन्तरगृह गरि तिन प्रकारको परिक्रमा गरिन्छ । तर विभिन्न समस्याका कारण वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेहरुको संख्या अहिले पनि उल्लेखनिय रहेको छ । परिक्रममा रामजानकीको डोलासंगै परम्परागत बाजाँगाजा सहितका मौलिक पहिरनमा लाखौ नरनारीहरु सहभागिता हुने गर्छन् ।

लावा लस्कर सहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरुको परिक्रमा गर्ने गर्दछ ।१५ दिने परिक्रममा अन्तर्गत क्रमश जनकपुरको हनुमान नगर, विहारको कलना स्थित कल्यानेश्वर,भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन,पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत),विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औ दिन जनकपुरको अन्तरगृहपरिक्रम गरि मध्य परिक्रमा सम्पन्न हुने गर्दछ ।

पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रममा सहभागि नहुने अधिकांश श्रद्धालु भक्तजनहरु अन्तिम दिन जनकपुरको अन्तरगृह परिक्रममा सहभागि हुने गर्दछन् । यस परिक्रममा युवायुवतीहरुको संख्या पनि उल्लेखनीय रहन्छ ।नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी लगायत भारत बिहारको सितामढी, मधुबनी, दरभंगा सहितका स्थानबाट हजारौहजार श्रद्धालुभक्तजन तथा साधुसन्तहरु परिक्रममा सहभागि हुने गर्दछन् । परिक्रममा प्रायः जसो वृद्धवृद्धाहरुको बढी सहभागिता हुन्छ ।

टायर गाडा ,साईकल र टाउकोमा बन्दोबस्तीको समान लिएर प्रत्येक दिन स्थान परिवर्तन गरि बास बस्नु, भूंइ खनेर चूल्हो निर्मण गर्नु, खाना पकाउनु , भजन कित्र्तन लगायतका कार्यहरु गर्नु परिक्रमावासीहरुको आस्था हो । पक्रिमाको क्रममा रात्रि विश्राम गर्नै पान्ध्रौ स्थलहरुमा स्थानीयहरुले मेलाको आयोजन गर्ने गर्दछन् ।

त्यस्तै परिक्रमामा सहभागी श्रद्धालुभक्तजनहरुलाई स्वागत गर्न दुई दिन अघिदेखि नै जुट्ने गर्दछन् । स्थानीयहरुले सांकृति कार्यक्रमहरुसमेत अयोजन गर्ने गर्दछन् भने पुण्य कमाउन एवं सेवा दिन विभिन्न संघ संस्था एवं व्यक्तिहरुले निःशुल्क भोजन , स्वास्थ्य शिवीर र आवासको व्यवस्था गर्ने गर्दछन् ।

नेपाल र भारतको सामाजिक सदभावको सेतुको रुपमा रहेको यो परिक्रमा धार्मिक, ऐतिहासिक र पूरातात्विक महत्तवको परिचय दिने गर्छ । तर, तीनै तहको सरकारले यसको व्यवस्थापनमा खासै ध्यान दिएको छैन ।

 

प्रकाशित मिति: Mar 18, 2022

प्रतिक्रिया दिनुहोस्