Logo
१० मंसिर २०८१, सोमबार
(March 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पन्जाबका मुख्यमन्त्री भगवन्तले लिए पद तथा गोपनीयताको शपथ

छिमेकी मुलुक भारतमको आम आदमी पार्टीका नेता भगवन्त मानले बुधवार पन्जाबको मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनको शपथ ग्रहण समारोह पन्जाबको नवांशहरस्थित भगत सिंहको जन्मभूमि खटकड कलानमा आयोजना गरिएको छ । राज्यपाल बनवारीलाल परोहितले भगवन्त मानलाई पद तथा गोपनीयताको शपथ गराएको भारतीय सञ्‍चारमाध्‍यमले जनाएको छ ।

भगवन्त मानले पन्जाबी भाषामा भगवानको नाममा शपथ लिएका थिए । उनी प्रदेशको १७ औँ मुख्यमन्त्री हुन्, अहिले उनले मात्रै शपथ लिएका हुन् । अन्य मन्त्रीलाई शपथ ग्रहण गराइएको छैन ।

प्रकाशित मिति: Mar 16, 2022

प्रतिक्रिया दिनुहोस्