Logo
१० मंसिर २०८१, सोमबार
(March 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनले गर्यो रुसले सैन्य एवं आर्थिक सहयोग मागेको अमेरिकाले गरेको दाबीको खण्डन

चिनले रुसले सैन्य एवं आर्थिक सहयोग मागेको अमेरिकी अधिकारीको दाबीलाई खण्डन गरेको छ ।अमेरिका दुई जना अधिकारीले विभिन्न पत्रिकामा आएका विवरण अनुसार युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेलगत्तै रुसले चीनसँग ड्रोनसहित सैन्य एवं आर्थिक सहयोग मागेको दाबी गरेका थिए ।

तर उक्त दाबीलाई अमेरिकास्थित चिनियाँ दूताबासले खण्डन गरेको छ ।चिनियाँ दूताबासका प्रवक्ता लिउ पेङयूले सैन्य एवं आर्थिक सहयोग मागेको कुरा आफूले ‘कहिल्यै नसुनेको’ भन्दै अमेरिकी अधिकारीको दाबी खण्डन गरेका हुन् । युक्रेनको पछिल्लो अवस्थालाई लिएर चीन चिन्तित बनेको र आफूहरूले युक्रेनलाई निरन्तर मानवीय सहायता प्रदान गर्ने पनि उनले प्रस्ट पारे ।

पेङयूले अवस्थालाई नियन्त्रण बाहिर जान दिनबाट रोक्नु पर्ने पनि बताए । ‘अहिलेको प्राथमिकता भनेको तनावपूर्ण अवस्थालाई चर्किन वा नियन्त्रण बाहिर जानबाट रोक्नु हो’, सीएनएनसँग कुरा गर्दै उनले भने, ‘चीनले अधिकतम संयमता अपनाउन र भयङ्कर मानवीय संकट रोक्न समेत अपिल गर्छ ।’

 

 

प्रकाशित मिति: Mar 14, 2022

प्रतिक्रिया दिनुहोस्