Logo
९ पुस २०८१, मंगलबार
(March 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदमा प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगमाथि छलफल हुने

संसदमा प्रधान न्याायधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल अघि बढ्ने भएको छ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले जारी गरेको सम्भावित कार्यसूची अनुसार आइतबार महाअभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय तोकिनेछ ।

फागुन २९ गते आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगमाथि छलफल हुने दिन र समय तोक्ने भएका छन् ।

आइतबारको बैठकको सम्भावित दैनिक कार्यसूचीमा पनि महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख छ । प्रतिनिधिसभाको यसअघिको बैठकले महाभियोग सिफारिस समिति गठन गरिसकेको छ ।

११ सदस्यीय महाभियोग सिफारिस समितिमा संसद्‌मा अवरोध गरिरहेको एमाले पनि सहभागी भएको छ ।यही फागुन १ गते जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । सत्तारुढ गठबन्धनको तर्फबाट दर्ता भएको महाअधियोग प्रस्तावमा ९८ सांसदको हस्ताक्षर छ ।

महाअभियोगको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ छन् । बाँकी ९५ जना सांसद सकर्थक रहेका छन् ।

 

प्रकाशित मिति: Mar 11, 2022

प्रतिक्रिया दिनुहोस्