Logo
१० मंसिर २०८१, सोमबार
(March 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पश्चिमा देशमा आफ्नो देशबाट हुने २ सय वस्तुको निर्यात रोक्ने रुसी राष्ट्रपतिको घोषणा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशहरुमा आफ्नो देशबाट हुने २ सय वस्तुको निर्यातमा रोक लगाउने घोषणा गरेका छन् । । युक्रेनमा आक्रमण गरेपछि पश्चिमा राष्ट्रहरुले लगाएको प्रतिवन्धको जवाफमा रुसले निर्यात बन्द गर्ने घोषणा गरेको हो ।

पश्चिमा देशहरूले रुसको तेल र ग्यासमा लगाएको प्रतिवन्धको सामना रुसले गरिरहेको उनले बताए । तर उनले पश्चिमा देशहरुको प्रतिवन्धले रुसलाई फरक नपर्ने बरु रुस झन बलियो भएर निस्कने प्रतिक्रिया दिएका छन् ।

सरकारका मन्त्री तथा सरकारी अधिकारीहरुलाई सम्बोधन गर्दै पुटिनले रुसमाथिको प्रतिवन्धले पश्चिमा देशहरुमा उर्जा संकट सुरु भईसकेको र उनीहरुले छिट्टै खाद्यान्न लगायतको संकट पनि ब्यहोर्नुपर्ने बताए । “हामीले सीमित आर्थिक लाभका लागि आफ्नो सार्वभौमिकतमाथि सम्झौता गर्न सक्दैन थियौं र अन्ततः रुस अझै आत्मनिर्भर बन्नेछ ।” रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सन् २०२२ को अन्त्यसम्म निर्यातमा रोक लगाइएको हो । रुसी प्रतिवन्धका कारण दूरसञ्चार, चिकित्सा, सवारीसाधन, कृषि र विद्युतीय उपकरणका साथै वनजन्य उत्पादनहरूको निर्यात ठप्प हुनेछ ।

त्यस्तै रुसी बन्दरगाहहरुमा विदेशी पानी जहाजहरूलाई प्रतिवन्ध लगाउने घोषणा पनि रुसले गरेको छ । रुसको निर्यात प्रतिवन्धले अमेरिका र युरोपेली ४ दर्जन बढी देशहरु प्रत्यक्ष प्रभावित हुनेछन् ।

प्रकाशित मिति: Mar 11, 2022

प्रतिक्रिया दिनुहोस्