Logo
८ मंसिर २०८१, शनिबार
(March 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंको बसन्तपुरमा चीर ठड्याइएसंगै होली पर्व सुरु

काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीन तले चीर ठड्याइएको छ ।आज बिहान ७ बजेको साइतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएका छन् ।चीर ठड्याएपछि देशभर फागु अर्थात होली पर्व सुरु भएको मानिन्छ ।

मानन्धर समुदायले चीर ठड्याएपछि एक अर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् ।आज पशुपति, हनुमान ढोका दरबारको सुन्दरी चोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्ण मन्दिर प्राङ्गणमा पनि रङ्गीचङ्गी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।

यस वर्षको होली पर्वको मुख्य दिन चैत ३ र ४ गते परेको छ । ३ गते हिमाली तथा पहाडी जिल्लामा र ४ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।

प्रकाशित मिति: Mar 10, 2022

प्रतिक्रिया दिनुहोस्