Logo
८ पुस २०८१, सोमबार
(March 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय निर्वाचन सार्ने र गडबड गर्ने उद्देश्यले अर्लि इलेक्सनको चर्चा : नेम्वाङ

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सत्तारुढ गठबन्धनले स्थानीय निर्वाचन भत्काउने, सार्ने र गडबड गर्ने उद्देश्यले अर्लि इलेक्सनको चर्चा भएको हुन सक्ने बताएका छन् ।

आइतबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले स्थानीय निर्वाचन भत्काउने, सार्ने र गडबड गर्ने उद्देश्यले अर्लि इलेक्सनको चर्चा भएको हुन सक्ने बताएका हुन् ।

‘उहाँहरुको सोझो हिँडाइ छैन, उहाँहरु स्थानीय तह निर्वाचन भत्काउन लाग्ने, पर पुर्‍याउने निर्वाचन हलमै गडबड गर्ने लगायतका कुरा हुन सक्छन्’ नेम्वाङले भने ।

संसदले ठिक ढङ्गले काम नगरेपछि विघटन गर्दा प्रतिगमन भयो भन्ने दलहरुले नै अर्लि इलेक्सनको चर्चा गर्दा शङ्का बढेको नेम्वाङले बताए । अहिले गठवन्धनबाट किन यस्तो सोचाइ आइरहेको हो भन्दै प्रश्न समेत गरेका छन् । ‘उहाँहरुले अहिले किन यस्तो सोचाइ ल्याइरहनुभएको छ रु’ उनले प्रश्न गरे ।

प्रकाशित मिति: Mar 6, 2022

प्रतिक्रिया दिनुहोस्