Logo
९ पुस २०८१, मंगलबार
(February 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीश जबराको महाअभियोग प्रस्ताबविरुद्ध सर्वोच्चमा रिट दर्ता

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि दर्ता भएको महाभियोगको प्रस्तावविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

संघीय संसद सचिवालयमा दर्ता भएको महाभियोगको प्रस्ताव असंवैधानिक भएको दावी सहित अधिवक्ताहरु डा. पुण्य खतिवडा र दीपक मिश्रले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।

निवेदनमा जबरामाथिको महाअभियोग प्रस्ताव खारेज गर्न र जबरालाई पदमा बहाल गराउन अन्तरिम आदेश माग भएको छ ।

त्यस्तै जबराविरुद्धको महाअभियोग प्रस्तावसँग सम्बन्धित अर्को निवेदन पनि सर्वोच्चमा पेश भएको छ । तर दर्ता भने भइसकेको छैन ।

प्रकाशित मिति: Feb 24, 2022

प्रतिक्रिया दिनुहोस्