Logo
१२ मंसिर २०८१, बुधबार
(February 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेस प्रदेशसभा बैठक स्थगित

आज बस्ने भनिएको मधेस प्रदेशसभा बैठक स्थगित भएको छ । मंगलबार दिउँसो २ बजे बस्ने भनिएको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले सूचना निकाल्दै जानकारी दिएको छ ।

आजको बैठकमा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुने कार्यसूची थियो । तर, अन्तिम समयमा आएर बैठक स्थगित गरिएको सूचना प्रदेशसभा सचिवालयले निकालेको छ ।

मधेस प्रेदशमा नेपाली कांग्रेसको को जिल्ला अधिवेशन १५ गते हुने भएकाले प्रदेशसभा बैठक स्थगित गर्न सभामुखलाई आग्रह गरिएको थियो । त्यसैले बैठक स्थगित गरिएको उच्च स्रोतले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: Feb 22, 2022

प्रतिक्रिया दिनुहोस्