Logo
९ पुस २०८१, मंगलबार
(February 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेले निष्कासन गरेका १४ सांसदविरुद्धको मुद्दाको आज पनि रोकियो सुनुवाइ

नेकपा एमालेले निष्कासन गरेका १४ सांसदविरुद्ध परेको मुद्दाको सुनुवाइ आज पनि रोकिएको छ । एमालेले निष्कासन गरेका १४ सङ्घीय सांसद र लुम्बिनी प्रदेशका २ सांसदलाई सभामुखले गैर कानुनी रुपमा जोगाएका भन्दै  दर्ता गरेको मुद्दाको सुनुवाइ आइतबार पनि रोकिएको हो ।

लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्तालाई कोरोना सङ्क्रमण भएको भन्दै सुनुवाइ सार्न निवेदन परेपछि आज पेशी तोकिएको सुनुवाइ सरेको हो ।

न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा सो मुद्दाको पेशी तोकिएको थियो । यसअघि पटक पटक स्थगित हुँदै आएको सुनुवाइ आज अघि बढ्न लागेकै बेला प्रधान न्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएको थियो ।

 

प्रकाशित मिति: Feb 13, 2022

प्रतिक्रिया दिनुहोस्