Logo
९ पुस २०८१, मंगलबार
(February 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ प्रधानन्याधीशविरुद्धको दर्ता महाअभियोग प्रस्ताव {पूर्णपाठ}

लामो समयदेखि विवादमा तानिएका प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्ता गठबन्धनका सांसदहरूले आज २१ बुँदे महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।

अभियोगपत्रमा सत्ता गठबन्धनका दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, र नेकपा एकीकृत समाजवादीका सांसदले प्रस्ताव गरेका छन् भने उक्त प्रस्तावमा ९८ सांसदको हस्ताक्षर छ ।

उनीहरुले प्रधानन्यायधीशले सर्वोच्च अदालत र न्यायालयभित्रै निजको कार्यकालमा अतिशय विकृतिरविसंगति तथा भ्रष्टाचार तथा विचौलियाहरूले प्रवेश पाएको र विकृति बढाउँदै लगेको आरोप लगाएका छन् ।

त्यस्तै, उनीहरूले प्रधानन्यायधीशविरुद्ध लोकतन्त्र, मानवअधिकार, जनताको न्याय‚ विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् स्वतन्त्र निष्पक्ष र जिम्मेवार न्यायलयको जगेर्ना गर्न वर्तमान प्रधानन्यायाधीश अक्षम रहेको आरोप लगाएका छन् ।

 

 

प्रकाशित मिति: Feb 13, 2022

प्रतिक्रिया दिनुहोस्