Logo
८ मंसिर २०८१, शनिबार
(February 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज वसन्त पञ्चमी ! सरस्वतीको पूजा आराधना गरी मनाइदै‌

आज वसन्त पञ्चमी पर्व । आन माघ शुक्ल पञ्चमी अर्थात वसन्त पञ्चमी विशेषगरी सरस्वती माताको पूजा आराधना तथा साधनासहित वसन्त पाठ श्रवण गरेर मनाइदै‌ छ ।

वसन्त पञ्चमीमा ज्ञान, वाणी, बुद्धि तथा विवेककी अधिष्ठात्त्री देवीको रुपमा पुजा तथा आरधना गर्ने शास्त्रीय नियम रहि आएको छ ।

विशेषगरी शुक्लपक्षको पञ्चमी तिथि, पूर्ण तिथि तथा गुप्त नवरात्रको समय चलिरहेकाले बिद्या तथा विभिन्न कला साधनाका लागि विशेष फलदायी र पूर्णरुपमा सफल हुने भएकाले आजको दिनलाई विशेष रुपमा व्यख्या गरिएको छ ।

पहिलो पटक विद्या आरम्भ गर्ने बालबालिकाले आजका दिनदेखि अक्षर शुभारम्भ गरेमा बिद्या पूर्ण हुने शास्त्रमा उल्लेख गरिएको छ । नाक,कान छेडेर मुन्द्रा, फूली लगाएमा अटल सौभाग्य रहिरहने र सरस्वतीको पूर्ण कृपा रहने शास्त्रमा व्याख्या गरिएको छ । बुद्ध परम्परामा पनि यस पर्वलाई विशेष महत्वका साथ मनाउने प्रचलन छ ।

ज्ञानकारक ग्रह वृहस्पति तथा भगवान विष्णुको अवतारका रुपमा बुद्ध भगवान्को पुजा गर्ने शास्त्रीय नियम रहि आएको छ ।हाम्रा सबै सनातन पर्व आध्यात्मिक भावनाले ओतप्रोत छन् । व्रत, पर्व र अनुष्ठानहरु, लौकिक र आध्यात्मिक उन्नतिका सशक्त साधन हुन र यिनीहरुबाट आनन्दको उल्लासका साथै उदात्त जीवन जीउने प्रेरणा मिल्दछ ।

वास्तवमा सम्पूर्ण सृष्टिको उद्भव आनन्दबाट नै हुन्छ । दुःख, भय, शोक, मोह र अखण्ड आनन्दको प्राप्ति नै सबै व्रत–पर्वहरुको परम् लक्ष्य हो ।

प्रकाशित मिति: Feb 6, 2022

प्रतिक्रिया दिनुहोस्