Logo
११ मंसिर २०८१, मंगलबार
(February 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी सेनाले सिरियामा गरेको कारबाहीमा इस्लामिक स्टेटका वरिष्ठ नेता मारिए

अमेरिकाले उत्तरी सिरियामा गरेको एउटा कारबाहीमा इस्लामिक स्टेट आईएस समूहका एकजना वरिष्ठ उपप्रमुख मारिएका छन् ।

अमेरिकी कारबाहीका क्रममा आफू बच्न नसक्ने अवस्थामा पुगेपछि आईएस समूहका नेता अबु इब्राहिम अल-हाशिमी अल-कुरेशीले एउटा आत्मघाती विस्फोटन गराएर आफू र आफ्नो परिवारको ज्यान लिएको बीबीसीले जनाएको छ ।

अमेरिकी विशेष दलका सैनिकले अबु इब्राहिम लुकेको ठाउँमा घेरा हालेका थिए । त्यसपछि उनले आफैँले विस्फोटन गराएर आफू र परिवारको ज्यान लिएको खबरमा उल्लेख छ ।

सिरियाको घटनास्थलमा पुग्ने सहायताकर्मीले कारबाही गरिएको ठाउँमा ६ जना बालबालिकासहित १३ जनाको हत्या भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कारबाहीका क्रममा नागरिकलाई सकेसम्म जोगाउने कोसिस गरिएको बताउनुभएको छ । तर आईएसले अहिलेसम्म यो घटनाबारे विवरण सार्वजनिक गरेको छैन ।

इस्लामिक स्टेट समूहका नेता अबु बकर अल–बग्दादी मारिने गरी भएको कारबाहीपछि अमेरिकी सेनाको पश्चिमोत्तर सिरियामा भएको यो अहिलेसम्मको सबैभन्दा ठूलो सैन्य कारबाही भएको पनि खबरमा उल्लेख छ । 

प्रकाशित मिति: Feb 4, 2022

प्रतिक्रिया दिनुहोस्