सिरियामा भएको भिडन्तमा परी कम्तीमा १० जनाको मृत्यु
सिरियाको उत्तरी क्षेत्रमा भएको भिडन्तमा परेर १० जना सर्वसाधारणको मृत्यु भएको छ । सो क्षेत्रमा सिरियाको टर्कीस् र कुर्दिस मिलिसियाका बीचका भिडन्त भएको थियो ।
त्यसमा परेर १० जना सर्वसाधारणको ज्यान गएको यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।सिरियाको उत्तरी सहर अलेपोमा कुर्दिस् र टर्कीस् मिलिसियाका बीचमा भिडन्त भएको सिरियाली सरकारी समाचार समिति, सानाले जनाएको छ ।
सो सहरको बस्तीमा दुई पक्षका हतियारधारीका बीचमा दोहोरो गोली हानाहान भएको र त्यसमा सर्वसाधारण परेका सो समाचार समितिले जनाएको छ ।
उक्त सहरमा केही समयतादेखि हिंसा भइरहेको छ । यसरी हुने विभिन्न सशस्त्र समूहहरुका भिडन्तमा सर्वसाधारणले ज्यान गुमाउने गरेका पनि समाचारमा जनाइएको छ ।
यसरी सर्वसाधारणको ज्यान जाने कार्य यहाँ चिन्ताजनक रहेको सिरियाका मानवअधिकारवादीहरुले बताउने गरेका छन् ।