सोनाम ल्होछारले सद्भाव र सहिष्णुता कायम गर्न गराउन महत्वपूर्ण भूमिका खेल्छ : प्रदेश प्रमुख
प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले सोनाम ल्होछारको अवसरमा प्रदेश नं १ बासी तथा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् ।
आज प्रदेश प्रमुखले शुभकामना सन्देश जारी गर्दै तामाङ, तीनगाउ“ले थकाली, मुगाली समुदायको नया“ वर्षको आरम्भको रूपमा मनाउने पर्व सोनाम ल्होछार २८५८ (च्यान ल्हो, बाघ वर्ष)को अवसरमा प्रदेश नं. १ बासी तथा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका हुन् ।
प्रदेश प्रमुखले जारी शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालको संविधानमै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरेको छ । नेपालभित्र मालाझैं उनिएर रहेका जाति, भाषाभाषी र धर्मसंस्कृतिलाई सद्भाव र सहिष्णुता कायम गर्न गराउन यस्ता चाडहरूले महत्वपूर्ण भूमिका खेलेका छन् । यो पर्व नेपालभित्र रहेका तामाङ, तीनगाउ“ले थकाली, मुगाली समुदायको मात्र नभएर सम्पूर्ण नेपालीको पनि हो भनेर भन्न सकिन्छ ।’
अहिले पनि विश्वभर कोभिड–१९ को नया“ भेरियन्ट ओमिक्रोनले गा“जेको हुनाले सचेत रही, तोकिएको मापदण्ड पूरा गरी चाडपर्व मनाउन अनुरोध गरेका छन् ।