Logo
९ पुस २०८१, मंगलबार
(February 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीश जबराविरुद्ध सम्पत्ति शुद्धीकरणमा डा. केसीद्वारा पूरक निवेदन

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध डाक्टर गोविन्द केसीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पूरक निवेदन दिएका छन् ।

प्रधानन्यायाधीश जबराको भाइ प्रभु शमशेर जबराको नाममा अवैध स्रोतको आम्दानीले थप ३० करोडको घरजग्गा खरिद गरेको भन्दै डा। केसीले विभागमा पूरक निवेदन दिएका हुन् ।

निवेदनमा प्रभुका नाममा २०७६ मङ्सिर २४ गते ठमेलमा ८ आना घरजग्गा र २०७९ असोज २० गते गोठाटारमा साढे तीन रोपनी जग्गा खरिद गरेको उल्लेख छ ।

डा. केसीले गत मङ्सिर ११ गते जबराको परिवार तथा आफन्तको सम्पत्ति छानबिनको माग गर्दै विभागमा निवेदन दर्ता गराएका थिए ।

आयोगले अनुसन्धान अधिकृत नै तोकेर जबराको परिवार तथा आफन्तका नाममा रहेको सम्पत्ति छानबिन सुरु गरिसकेको जनाएको छ ।

प्रकाशित मिति: Feb 1, 2022

प्रतिक्रिया दिनुहोस्