Logo
९ पुस २०८१, मंगलबार
(January 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अख्तियारद्वारा खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित १८ जनाविरुद्ध मुद्दा दायर

खनिज पदार्थ उत्खननमा अनियमितता गरेको आरोपमा खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक रामप्रसाद घिमिरे, उपमहानिर्देशक तथा प्रवक्ता जयराज घिमिरे तथा ९ वटा कम्पनीका सञ्चालकसहित १८ जना विरुद्ध १ अर्ब २४ करोडभन्दा बढी रकमको विगोसहित आज (बुधबार) विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

चुनढुङ्गा उत्खननमा अनियमितता भएको आशङ्कामा अख्तियारमा उजुरी परेपछि अनुसन्धान अघि बढेको थियो । खानी सञ्चालकसँग मिलेर कर्मचारीले प्राकृतिक स्रोतसाधन दोहनमा सघाएको अख्तियारको ठहर छ ।

अख्तियारका अनुसन्धान अधिकृतहरू अहिले मुद्दा लिएर विशेष अदालतमा पुगेका छन् । अदालत स्रोतका अनुसार अहिले फाइल रुजु गर्ने क्रममा रहेको छ । आयोगले मुद्दा दर्तापछि विवरण सार्वजनिक गरिने जनाएको छ ।

प्रकाशित मिति: Jan 26, 2022

प्रतिक्रिया दिनुहोस्