Logo
१५ पुस २०८१, सोमबार
(January 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभा बैठक माघ ३ गतेका लागि सारियो

पुष २८ गते बुधबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक आगामी माघ ३ गते सम्मका लागि सारिएको छ ।

संसद् सचिवालयका महासचिव डा। भरतराज गौतमले सोमबार एक सूचना प्रकाशन गरी पुस २८ गते दिउँसो १ बजे बस्ने बैठक विशेष कारणवश माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन्।

यसअघि पनि बैठक बस्दै नबसी स्थगित पुस २८ गतेका लागि सारिएको थियो। त्यसअघि पनि माओवादी केन्द्रको महाधिवेशन चलिरहेको भन्दै स्थगित गर्न माग गरेपछि पुस २२ गतेका लागि सारिएको थियो ।

प्रकाशित मिति: Jan 10, 2022

प्रतिक्रिया दिनुहोस्