Logo
३० कार्तिक २०८१, शुक्रबार
(January 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली सेनाद्वारा ‘एकीकरण पदयात्रा’ कार्यक्रम शुभारम्भ

एकीकरण पदयात्रा कायक्र्रम शुभारम्भ भएको छ । सेनाले पौष २७ गते ३०० औं पृथ्वी जयन्ती भव्य रुपमा मनाउने सन्दर्भमा पौष २१ गतेबाट २७ गतेसम्म नेपाल एकिकरणको समयमा गोर्खाली सेनाद्वारा विजय अभियानको लागि प्रयोग भएका पदमार्गहरु गोरखा, धादिङ्ग, नुवाकोट हुंदै काठमाण्डौस्थित हनुमान ढोकासम्म सञ्चालन हुने ‘एकीकरण पदयात्रा’ गोरखा दरबारबाट शुभारम्भ गरेको हो ।

‘३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७८’विविध कार्यक्रमहरु समावेश गरि नेपाली सेनाले मनाउदै छ ।नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाको तत्कालिन पुराना ५ (पांच) ओटा युनिटको झण्डा र टर्चसहित गोरखा जिल्लामा तैनाथ नेपाली सेनाको श्री रिपुमर्दनी गणबाट ऐतिहासिक सैनिक पोशाक तथा परम्परागत बाजागाजासहित खट्टिएको टोलीले पौष २१ गते बुधवार उक्त पदयात्रा कार्यक्रम आरम्भ गरेका थिए ।

श्री मध्य कमाण्ड हे।क्वा।का कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठको प्रमुख आतिथ्यतामा संचालन भएको शुभारम्भ कार्यक्रममा गोरखा नगरपालिकाका नगर प्रमुख तथा उप-प्रमुख, प्रमुख जिल्ला अधिकारी, श्री नं. ३ बाहिनी अड्डाका बाहिनीपति, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, जिल्लास्थित सम्पुर्ण सरकारी कार्यालयका कार्यालय प्रमुखहरु, बडा अध्यक्ष तथा जनप्रतिनिधीहरु, बिभिन्न संघसंस्थाका प्रतिनिधीहरु, स्थानिय बासिन्दा, पत्रकार, राष्ट्रिय सेवादलमा आवद्ध छात्ररछात्राहरु तथा नेपाली सेनाका सकलदर्जाहरुको उपस्थिती रहेको थियो ।

नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाका पहिलो ५ (पांच) ओटा युनिटको झण्डा र टर्चसहित २१ गते गोरखाबाट शुरु भएको पदयात्रा टोलीले धादिङ्ग जिल्लामा तैनाथ फौजलाई, धादिङ्ग जिल्लामा तैनाथ फौजले नुवाकोट जिल्लामा तैनाथ फौजलाई, नुवाकोट जिल्लामा तैनाथ फौजले नागार्जुनमा तैनाथ फौजलाई र नागार्जुनमा तैनाथ फौजले २६ गते हनुमानढोकामा तैनाथ नेपाली सेनाको फौजलाई उक्त सामग्रीहरु हस्तान्तरण गर्ने योजना रहेको छ ।

साथै, उक्त पदयात्रा मिति २०७८ पौष २७ गते ‘३०० औं पृथ्बी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ का दिन जंगी अड्‍डामा आयोजना हुने विशेष समारोहकाबीच समापन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति: Jan 6, 2022

प्रतिक्रिया दिनुहोस्