Logo
१२ मंसिर २०८१, बुधबार
(January 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लिबियाका पूर्व उपप्रधानमन्त्रीलाई भ्रष्टाचारको आरोप

लिबियाको पूर्व उपप्रधानमन्त्रीलाई भ्रष्टाचार गरेको आरोप लगाइएको छ । लिबियाको महान्यायाधिवक्ताको कार्यालयले पूर्व उपप्रधानमन्त्री अल साद्धिक अब्दुल्करी करिमलाई भ्रष्टाचार गरेको आरोप लगाएको हो ।

उनले आर्थिक अनियमितता गरेको र उनीमाथी अनुसन्धान भइरहेको पनि अधिकारीहरुले जनाएका छन् ।राष्ट्रपतिका उम्मेदवार समेत रहेका करिमले आफू पदमा रहँदा न्यून गुणस्तरको सामग्रीलाई उच्च मूल्य तिर्ने गरी हस्ताक्षर गरेको पाइएको दाबी गरिएको छ ।

उनले कानुनको उलङ्घन र गलत प्रयोग गरेकाले उनीमाथी अनुसन्धान गरी कारबाही गर्न महान्यायाधिवक्ताको कार्यालयले माग गरेको छ ।

उनले राज्यलाई पाँच करोड अमेरिकी डलर नोक्सान गराएको महान्यायाधिवक्ताको कार्यालयले दाबी गरेको छ ।

प्रकाशित मिति: Jan 5, 2022

प्रतिक्रिया दिनुहोस्