Logo
९ पुस २०८१, मंगलबार
(January 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१ अर्ब २० करोड रुपैयाँ कर छलीको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर

एक अर्ब २० करोड रुपैयाँ कर छलीको आरोपमा राजस्व अनुसन्धान विभागले पाँच जनाविरुद्ध विशेष अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

काठमाण्डौको नागार्जुन नगरपालिका वडा नम्बर १ नर्सरी चोकको आनसान इन्टरनेशनल कम्पनीका चार जना सञ्चालकहरू शोभाकान्त ढकाल, सरोज ढकाल, उमाकुमारी ढकाल र सान्टु ढकाल तथा लेखा परीक्षण गर्ने फर्म राजेश्वर एण्ड कम्पनीका प्रमुख राजेश्वर श्रेष्ठविरुद्ध विभागले कर छलीको मुद्दा दर्ता गरेको हो ।

उनीहरूले नक्कली तथा झुटा भ्याट बिल र अन्य वित्तीय विवरण तयार गरेर तिर्नुपर्ने कर नतिरेको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

उनीहरूले भ्याटतर्फ ४२ करोड २६ लाख रुपैयाँ, आयकरतर्फ ६८ करोड ४८ लाख रुपैयाँ र लाभांशतर्फ नौ करोड ७४ लाख रुपैयाँ गरी एक अर्ब २० करोड ४९ लाख रुपैयाँ छर छलेको देखिएको विभागको दाबी छ ।

एक अर्ब २० करोड ४९ लाख रुपैयाँको दोब्बर हुन आउने दुई अर्ब ४० करोड ९८ लाख रुपैयाँ बिगो माग दाबी गरेर मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति: Jan 4, 2022

प्रतिक्रिया दिनुहोस्