सर्वोच्चले दियो त्रिविमा खुला प्रतिस्पर्धाबाट अध्यापक नियुक्त गर्न अन्तरिम आदेश
सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट अध्यापकहरु नियुक्त गर्न अन्तरिम आदेश दिएको छ ।
गत मंसीर १४ गते त्रिवि सभाको निर्णय कार्यान्वयन नगर्न न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले अन्तरिम आदेश दिएको हो ।
त्यो सभाले त्रिविमा सेवारत आंशिक कर्मचारीहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध खुला प्रतिस्पर्धामा भाग लिएकाहरु सर्वोच्च अदालत गएका थिए ।