नयाँ दिल्लीका मुख्यमन्त्री केजरीवाललाई कोरोना संक्रमण
छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले मंगलबार आफैं ट्विट गर्दै यसबारे जानकारी दिएका हुन् ।
अहिले केजरीवाल घरमै आइसोलेसनमा बसेका छन् ।केजरीवालले ट्वीट गर्दै भनेका छन्, ‘मलाई कोरोना संक्रमण भएको छ, लक्षणहरू हल्का छन् । मैले अहिले घरमै आइसोलेसन गरेको छु । पछिल्ला केही दिनमा मेरो सम्पर्कमा आएका सबैले आफूलाई आइसोलेसनमा राखेर कोरोना परीक्षण गराउनुहोस् ।’
पछिल्लो समयमा भारतमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । दिल्लीमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ४०९९ नयाँ मामिलाहरू रिपोर्ट गरिएको छ र संक्रमण दर ६.४६ प्रतिशत पुगेको छ ।