Logo
६ पुस २०८१, शनिबार
(December 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आलमविरुद्धको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’

नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमविरुद्धको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ मा भएको छ । न्यायाधीशहरू हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजालमा परेको आलमविरुद्धको विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगको मुद्दा हेर्न नभ्याइनेमा भएको हो ।

सुनुवाइको तेस्रो नम्बरमा तोकिएको भए पनि शुक्रबार भएकाले इजलासले दुईवटा मुद्दाको मात्र सुनुवाइ गरेको थियो । कार्की र ढुंगानाको संयुक्त इजालासमा आज २५ वटा मुद्दा परेको थियो ।

यसअघि पनि आलमविरुद्धको मुद्दा पटक-पटक हेर्न नभ्याइने र स्थगित भएको थियो ।२०६४ सालको पहिलो संविधानसभा निर्वाचनताका आफ्नो घरमा बम बनाइरहेको बेला विष्फोट भएको र विष्फोटमा घाइते भएकाहरूलाई जिउँदै जलाएर मारेको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो ।

प्रकाशित मिति: Dec 31, 2021

प्रतिक्रिया दिनुहोस्